गृहमन्त्री खाणले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, जजिरा एयरलाइन्सले पहिलो उडान गर्ने


गृहमन्त्री खाणले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, जजिरा एयरलाइन्सले पहिलो उडान गर्ने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय उडानको तयारीबारे जानकारी लिएका छन् ।

बुधबार बिहान मन्त्री खाँणले अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए ।

उनले विमानस्थलमा आउँदो जेठ २ गते बुद्धजयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने तयारी रहेको जानकारी दिए । जजिरा एयरलाइन्सले पहिलो उडान गर्न सहमति जनाइसकेको उनले जानकारी दिए ।

निरीक्षणका क्रममा गृहमन्त्री खाँणलाई अध्यागमनको तयारी, एराइभल र डिपार्चर गर्ने विधि तथा अहिलेसम्मका तयारीबारे जानकारी गराइएको थियो ।