बैतडीमा माओवादीका वडा सदस्य उमेदवारमाथि खुकुरी प्रहार


लेखक : लेखापढी      २० बैशाख २०७९, मंगलवार १२:४४ मा प्रकाशित     
बैतडीमा माओवादीका वडा सदस्य उमेदवारमाथि खुकुरी प्रहार

धनगढी- बैतडीमा नेकपा (माओवादी केन्द्र)का वडा सदस्य उमेदवारमाथि खुकुरी प्रहार भएको छ । वडा सदस्य उमेदवार ६० वर्षीय हरिराम साउदमाथि गए राति डिलासैनी गाउँपालिका–५ मा खुकुरी प्रहार भएको हो ।

साउदमाथि नेकपा (एमाले) कार्यकर्ताले आक्रमण गरेको माओवादीको आरोप छ । उनको टाउकोमा गम्भीर चोट लागि घाइते साउदलाई थप उपचारका लागि कैलाली रेफर गरिएको छ । 

घटनामा संलग्न तीनजनामध्ये एकजना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोला बहादुर रावलले जानकारी दिएका छन् ।