भुवन केसी र श्वेता खड्का र रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश


लेखक : लेखापढी      २० बैशाख २०७९, मंगलवार १२:३३ मा प्रकाशित     
भुवन केसी र श्वेता खड्का र रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए । यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र आफू कांग्रेस प्रवेश गरेको खड्काले बताए ।

“प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,” “कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।” केसीले भने ।

२०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए । त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो ।