आईजीपी बढुवाविरुद्ध एआईजी विश्वराज पोखरेल सर्वोच्च पुगे


लेखक : लेखापढी      १९ बैशाख २०७९, सोमबार १३:४० मा प्रकाशित     
आईजीपी बढुवाविरुद्ध एआईजी विश्वराज पोखरेल सर्वोच्च पुगे

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा बिरुद्ध एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन् ।

धीरजप्रताप सिंहलाई विधि मिचेर बढुवा गरिएको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । पोखरेलको रिट निवेदन सर्वोच्च अदालतमा पेस भएर दर्ताका लागि अध्ययन भइरहेको अदालतले जानकारी दिएको छ । 
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सिंहले सोमबार बिहान गृह सचिव गृहसचिव टेकनारायण पाण्डेले आईजीपी सिंहलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले पोखरलेलको निवेदन पेस भई दर्ताका लागि अध्ययनको क्रममा रहेको जानकारी दिए ।  वरीयताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका हुन् । अर्का आईजीपी सहकुल थापा पनि सर्वोच्च जाने तयारीमा रहेको बताइएको छ ।