ईद (उल उल फित्र)मा भोलि सार्वजनिक विदा


लेखक : लेखापढी      १९ बैशाख २०७९, सोमबार १६:५३ मा प्रकाशित     
ईद (उल उल फित्र)मा भोलि सार्वजनिक विदा

सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको  छ ।

गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।