धिरजप्रताप सिंहमा उत्तरदायित्व बहन गर्ने क्षमता देखेर आइजिपी नियुक्त गरेको हो,’ – गृहसचिव पाण्डे


धिरजप्रताप सिंहमा उत्तरदायित्व बहन गर्ने क्षमता देखेर आइजिपी नियुक्त गरेको हो,’ – गृहसचिव पाण्डे

काठमाडौँ- गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली एबं दर्ज्यानी चिन्ह लगाएका छन्। गृहसचिव टेकनारायण पाण्डेले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्तिबारे थप प्रष्टाउन खोजेका छन्।

आज मन्त्रालयमा नवनियुक्त आइजिपी सिंहलाई दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा गृहसचिव पाण्डेले सरकारले छनौट गरेका सिंह प्रहरी संगठनलाई पनि उपयुक्त भएको दाबी गरेका थिए। 

परिपक्कता, जेष्ठता, कार्यकुशलता र कार्यक्षमताले गर्दा सरकारले सिंहलाई आइजिपी बनाएको पनि उनले बताए।

‘घरमा पनि अभिभावकले सबै सन्तानलाई उत्तिकै माया गरेको पाइँदैन,’ सचिव पाण्डेले भने, ‘घरमा पनि विभेद हुन्छ। अहिले भएका एआइजीमध्ये सरकारले सिंहलाई छनौट गर्यो। उनलाई अभिभावकीय भूमिका हिसाबले सरकारले मन परायो।’ 

सिंहमा उत्तरदायित्व बहन गर्ने क्षमता, आफूभन्दा मुनिकालाई प्रोत्साहन र परिचालन गर्ने क्षमता भएको दाबी पनि उनको थियो।

‘सिंहमा क्षमता देखेर आइजिपी नियुक्त गरेको हो,’ सचिव पाण्डेले थपे, ‘सरकारले छनौट गरेको आइजिपी संगठनलाई पनि बढी भन्दा बढी उपयुक्त हुन्छ।’ सिंह कुशल संगठन नेतृत्वकर्ता र अब्बल क्षमतावान रहेको समेत बताए ।