शाहरुख खान अमेरिकामा १० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाउँदै


लेखक : लेखापढी      १९ बैशाख २०७९, सोमबार १३:१५ मा प्रकाशित     
शाहरुख खान अमेरिकामा १० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाउँदै

एजेन्सी- बलिउड अभिनेता शाहरुख खान फिल्मसँगै खेलकुदमा पनि रुचि राख्छन्। विश्वकै चर्चित र महँगो क्रिकेट लिग आईपीएलमा पनि उनको टीम छ- केकेआर (Kolkata Knight Riders)

अब शाहरुखले अमेरिकामा पनि क्रिकेट फैल्याउने भएका छन्। उनले अमेरिकाको लस एन्जिलसमा विश्वस्तरको क्रिकेट रंगशाला बनाउने भएका हुन्।

आईपीएल टीम केकेआरले आफ्नो ट्वीटर ह्याण्डलमार्फत अमेरिकामा क्रिकेटको प्रभाव फैल्याउन रंगशालाको भूमिका महत्त्वपूर्ण हुने बताएको छ। १५ एकड क्षेत्रफलमा निर्माण हुने रंगशाला १० हजार दर्शक क्षमताको हुनेछ।