प्रहरीमा धीरजप्रताप र सशस्त्रमा अर्याललाई आईजीपी बनाउने तयारी ; मन्त्रिपरिषद्को बैठक बस्दै


प्रहरीमा धीरजप्रताप र सशस्त्रमा अर्याललाई आईजीपी बनाउने तयारी ; मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आईजीपी नियुक्तिको निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा जाँदै छन् । प्रहरीका आईजीपी शैलेश क्षापा क्षेत्री र सशस्त्रका आईजीपी पुष्पराम केसी अवकाशमा जान लागेका हुन् ।

सशस्त्र प्रहरीमा एआईजी राजु अर्याललाई आईजीपी नियुक्त गर्ने तयारी छ । उनी एकल एआईजी भएकाले निर्विकल्प आईजीपी हुनेछन् । प्रहरीमा भने एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाउने तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई आईजीपी बनाउन चाहेको बताइएको छ । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । परामर्शका लागि प्रधानमन्त्री देउवाले नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका थिए ।

प्रहरीमा एआईजीहरू धीरजप्रताप सिंह, रवीन्द्र धानुक, विश्वराज पोखरेल र सहकुल थापा आईजीपीको दौडमा छन् ।


यो पनि पढ्नुस: नेपाल प्रहरीमा भावी आईजीपी को ? धीरजप्रताप सिंह बन्न सक्ने यस्ता छन् कारण