कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका-३ मा एक जना पुरुष मृत फेला परेका छन् ।
कञ्चनपुरको प्रशिद्ध बेदकोट ताल नजिकै उक्त पुरुष मृत भेटिएका हुन् ।
शरीरमा चोटपटक लागेको र उनको साथ रहेको मोटरसाइकल तोडफोड गरिएको अबस्थामा बरामद भएको छ।
पहिचान नखुलेका अन्दाजी ४०-५० बर्षका पुरुषको घटना प्रकृति हेर्दा हत्या गरिएको अनुमान गर्न सकिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।