राजु अर्याल सशस्त्र प्रहरी बलको आइजिपीमा नियुक्त


राजु अर्याल  सशस्त्र प्रहरी बलको आइजिपीमा नियुक्त

काठमाडौँ- नेपाल सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आइजिपी)मा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजु अर्याललाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिए। 

अर्याल २०५४ नेपाल प्रहरीका प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत् अर्यालसँग प्रदेश-२ बाहिनी र उपत्यका बाहिनीको कमाण्ड सम्हालेको अनुभव छ।त्यस्तै विभिन्न देशको शान्ति मिसनमा समेत उनले नेतृत्व गरेका छन्। सशस्त्र प्रहरी बल‍ प्रवक्ताको रूपमा काम गरिसकेका अर्याल सबैतिर राम्रो सम्पर्क भएका कमाण्डरका रूपमा चिनिन्छन्।

गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो। गत मंगलबारको मन्त्रिरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेसँगै उनी सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार भएका थिए। 

गत चैत ३० गते पुष्पराम केसी आइजिपी भएका थिए। तीस वर्षे अवधिका कारण उनले २१ दिनमा अर्थात भोलिबाट अनिवार्य अवकाश पाउँदैछन्।