धनगढी एयरपोर्ट दिल्लीको भन्दा पनि राम्रो बन्नुपर्‍याे: पर्यटनमन्त्री प्रेम आले


लेखक : लेखापढी      १८ बैशाख २०७९, आईतवार २३:२६ मा प्रकाशित     
धनगढी एयरपोर्ट दिल्लीको भन्दा पनि राम्रो बन्नुपर्‍याे: पर्यटनमन्त्री प्रेम आले

कैलाली। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी एयरपोर्टलाई दिल्लीको एयरपोर्ट भन्दा पनि राम्रो बनाउनुपर्ने बताएका छन् ।

धनगढीमा आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति र धनगढी कैलाश मानसरोवर द्रुत मार्गले निम्त्याउने बारे अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

आफ्नो कार्यकालमा धनगढी विमानस्थललाई स्तरोन्नति गर्न धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरेको बताउँदै उनले भने, ‘क्यानबाट पास गरेर मन्त्री परिषदमा लग्यौँ, त्यहाँबाट पनि पास भएर एक अर्ब बजेट विनियोजन गरिसकेका छौँ। अब जग्गा अधिकरणको लागि १० देखि १२ अर्बसम्म लाग्छ।’

तर १० अर्बले नपुग्ने उनले बताए। ‘यो एयरपोर्ट दिल्लीको भन्दा राम्रो बन्नुपर्‍याे। मैले पहल गरिरहेको छु,’  आफू पर्यटन मन्त्री भइसकेपछि धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनकालागि लागिपरेको बताए ।

यस्तै मन्त्री आलेले आफ्नै पहलमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक पर्यटन वोर्डको स्थापना गरेको समेत बताए ।