बालेन त मधेशी साह पो रहेछ, म संग पहाडी ठकुरी हुँ भने – केशब स्थापित


बालेन त मधेशी साह पो रहेछ, म संग पहाडी ठकुरी हुँ भने – केशब स्थापित

काठमाडौं। बालेन भन्ने बालेन्द्र साहले म सँग परिचय गर्दा म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी हुँ भन्यो । यो त अन्तर्राष्ट्रिय ठग रहेछ ।

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उम्मेदवार रहेका केशव स्थापितले भने । उनि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) माथि खनिएका छन । काठमाडौंमा आज आयोजित पार्टीको कार्यक्रममा स्थापितले भने, ‘युवाहरूले सुनौं है, एउटा फुच्चे बालेन साह भन्ने रहेछ, हिजो के कुरा खुल्यो भने यो त मधेशतिरको साह पो रहेछ, हेर्नुस् न । उसले मलाई आफु ठकुरी हुँ भनेर ठग्यो । स्थापितले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएको समेत आरोप लगाए । सुरूवातमै ठग कुरा गर्ने ? यहाँ ल्यायो भने के हालत हुन्छ ?

बालेन त दर्तावाल ठग रहेछ । सबै काठमाडौं बासीलाई ढाँट्न पाइन्छ ? मधेशको मान्छे मेयर आँट गरेर आउनु पर्दैन ? आँटचाहिँ केही छैन । जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ । फेस टु फेस बसेर कुरा गर्नुपर्यो नि !

बालेनलाई काठमाडौंमा कति मानिस बस्छन् भन्नेसमेत थाहा नभएको स्थापितले दाबी गरेका छन् । यस्तो मानिसको पछि युवा लाग्ने ? उनले भने, त्यस्तासँग मैले प्रतिस्पर्धा गर्नु छैन । बालेनलाई काठमाडौंमा कति मानिस बस्छन् भन्नेसमेत थाहा नभएको स्थापितले दाबी गरेका छन् । यस्तो मानिसको पछि युवा लाग्ने ? उनले भने, त्यस्तासँग मैले के प्रतिस्पर्धा गर्नु ।