धिरजप्रताप सिंह बढुवा बिरुद्ध दुई एआईजीहरु सर्वोच्च अदालत जाने तयारि


धिरजप्रताप सिंह बढुवा बिरुद्ध दुई एआईजीहरु सर्वोच्च अदालत जाने तयारि

काठमाडौं। सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु अदालत जाने तयारी गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् । पोखरेलनिकट स्रोतले भन्यो, नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन, अदालत जानेबारे उहाँले छलफल गरिरहनुभएको छ ।

यस्तै थापा निकट एक अधिकृतले पनि अदालत जानेबारे छलफल भइरहेको बताए छन् । पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।