काठमाडौंमा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण


लेखक : लेखापढी      १८ बैशाख २०७९, आईतवार १२:४४ मा प्रकाशित     
काठमाडौंमा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण

काठमाडौं । काठमाडौंमा आजदेखि मेलम्ची खानेपानी आयोजनाको १७ करोड लिटर पानी वितरण हुने भएको छ । 
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो ।

यही वैशाख ११ गते काठमाडौंको मीनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो । अब भने नौवटा भन्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्ने जनाइएको छ ।