बूढानीलकण्ठ नगरपालिकाको मेयरमा मिठाराम अधिकारी किन ?


लेखक : लेखापढी      १८ बैशाख २०७९, आईतवार १०:१८ मा प्रकाशित     
बूढानीलकण्ठ नगरपालिकाको मेयरमा मिठाराम अधिकारी किन ?

बूढानीलकण्ठ नगरवासीहरू समक्ष गरेको प्रतिबद्धता अवश्य पुरा गर्ने छुः मिठाराम अधिकारी

काठमाडौं । निरन्तर राजनीतिमा लागेर एकाध पटक बाहेक कुनै प्रकारको पद तथा सुविधा उपभोग नगरेका विकासवादी नेताको रूपमा परिचित नेकपा एमाले बाग्मती प्रदेश कमिटीका नेता मिठाराम अधिकारीले यसपटक बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अधिकारीले नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । स्थानीय चुनावको मिति नजिकिदै गर्दा अधिकांश नेता तथा कार्यकर्ता आ-आफ्नो स्थानीय क्षेत्रमा निकै व्यस्त भएका छन् । मिठाराम अधिकारीले भने जुनसुकै बेला पनि जनताकै सेवामा र जनताकै सुख, दुःखमा साथ दिने गरेको बूढानीलकण्ठ र कपनका स्थानीयहरू बताउछन् । त्यसैले उनि २०७४ सालको स्थानीय निर्वाचनमा नै बूढानीलकण्ठ नगरपालिकाको प्रमुख दावेदार बनेका थिए । त्यो समय पार्टीको निर्देशनलाई पालना गर्दै टिकटको दौडबाट आफूलाई पछाडी राखेका अधिकारी यो पटक आफू मेयर बन्नेमा ढुक्क रहेको बताउछन् । २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट तत्कालीन कपन गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएर जनताको सेवा र आफ्नो क्षेत्रमा विकासको पूर्वाधार निर्माण गरि आफूलाई प्रमाणित राजनीतिज्ञ भइसकेको बताउने, हाल बूढानीलकण्ठका प्रमुखमा समेत आफू दावेदार रहेको बताउने उनै मिठाराम अधिकारीसँग लेखापढी म्याग्जीनका बिवेक चन्द ठकुरीले गरेको कुराकानीको सम्पादित अंश !


  • चुनावको मिति नजिकिएको छ, निकै व्यस्त हुनुहुन्छ ?

 

हजुर यतिबेला व्यस्त हुनै पर्यो । तर चुनावी माहोलले गर्दा मात्रै म व्यस्त भएको भने होइन । २०४६ सालको जनआन्दोलनपछि नेकपा माले हुँदै नेकपा एमालेको राजनीति गर्दै गर्दा पार्टीले दिएको जिम्मेवारी पुरा गर्दा होस् या कुनै पनि पदमा नरहँदा समेत म यहाँका जनसमुदायकै घर दैलो र वहाँहरूकै सुख दुःखमा साथमै हुने गर्दछु । तथापि यति बेला केही व्यस्त छु, यसको मतलब यो होइन की पहिले फुर्सदिलो थिए ।

कुनै पनि पदमा नरहँदा समेत म यहाँका जनसमुदायकै घर दैलो र वहाँहरूकै सुख दुःखमा साथमै हुने गर्दछु ।


 – तपाइँनै बूढानीलकण्ठको मेयर बन्नु पर्ने वा बूढानीलकण्ठ नगरवासीहरूले तपाइँलाई पत्याई दिनु पर्ने कारण के छन् ?


मैले बूढानीलकण्ठ नगरपालिका र नगरवासीहरूको हक हितमा के-के काम गरेको छु भन्ने कुरा मैले बयान गर्नु भन्दा नगरवासी आदरणीय जनसमुदायहरू जानकार हुनुहुन्छ । त्यसैले वहाँहरूकै इच्छा अनुरूप म यो पटक मेयरको उम्मेदवार बनेको हुँ । नगरवासी जनसमुदायले पत्याउनै पर्छ ।


समृद्ध बूढानीलकण्ठको लागि आफ्नो उम्मेदवारी रहेको भन्दै विभिन्न विकासका योजनामा सार्वजनिक गर्नु भएको रहेछ, खोई के-के छन तपाँइका नयाँ योजनाहरु ?


हाम्रो बूढानीलकण्ठ भित्र १९ वटा सामुदायिक विद्यालय छन् जसको स्तरोन्नति गरी सुविधा सम्पन्न बनाई स्थानीय नगरवासीका छोराछोरी पढ्न लायक सामुदायिक विद्यालय बनाउने रहेको छ । यसरी नै अधिकारीले आफ्नो उम्मेदवारी किन भन्ने प्रश्नमा बुँदागत रूपमा सबै कार्य योजनाहरू सुनाए ।

१) बूढानीलकण्ठ नगरपालिकाको मातहतमा एउटा नमुना प्राविधिक क्याम्पस सञ्चालन गरी प्राविधिक धारको पढाइलाई विश्वासयोग्य बनाउने ।

बूढानीलकण्ठ नगर अस्पताललाई स्तरोन्नति गरी गरिबलाई निःशुल्क उपचारको व्यवस्था गर्ने ।

२) बूढानीलकण्ठ नगरपालिका भित्रका अन्य सामुदायिक क्याम्पसहरूलाई समेत नमुना बनाउन पहल गर्ने ।

३) बूढानीलकण्ठ नगर अस्पताललाई स्तरोन्नति गरी गरिबलाई निःशुल्क उपचारको व्यवस्था गर्ने । उक्त अस्पतालमा साना अपरेशनहरु गर्न सक्ने २४सै घण्टा सेवा दिने सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्ने । नगर अस्पतालमा अत्यन्तै कम मूल्यमा सबै किसिमको स्वास्थ्य परीक्षण गर्ने ल्याब स्थापना गर्ने ।

४) बूढानीलकण्ठमा स्थायी बसोबास गर्ने फरक क्षमता भएका नगरवासीलाई जीविकोपार्जन हुने गरी अनुदान सहयोग गर्ने ।

५) हरियाली प्रवर्द्धन गर्न खाली रहेका स्थानहरूमा वृक्षारोपण गरी हुर्काउने व्यवस्था मिलाउने ।

बूढानीलकण्ठ मन्दिरको गुरुयोजना कार्यान्वयन गर्दै बूढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने ।

६) सड्ने फोहोरलाई प्रशोधन गरी कम्पोस्ट मल बनाउने र नसड्ने फोहोरलाई प्रशोधन गरी विक्री गर्ने व्यवस्था मिलाउने ।

७) उद्यमशीलता विकासको लागि राष्ट्रिय स्तरका बैकहरूसँग साझेदारी गरेर स्थानीय सहकारी मार्फत रोजगार सिर्जना गर्ने ।

८) स्थानीय सञ्चारमाध्यमहरूलाई दिगो सञ्चालनका लागि बूढानीलकण्ठ सञ्चार नीति बनाई सोही अनुरूप अगाडि बढ्ने ।

बूढानीलकण्ठ-१३ चुनिखेलस्थित सुवर्ण शम्शेर क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने ।

९) आवश्यकता अनुसार विभिन्न वडाहरूमा सार्वजनिक पुस्तकालय तथा सूचना केन्द्र स्थापना गर्ने ।

१०) बूढानीलकण्ठ मन्दिरको गुरुयोजना कार्यान्वयन गर्दै बूढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने ।

११) बूढानीलकण्ठ नगरपालिकाकै गौरवको आयोजना बनाई बूढानीलकण्ठ-१३ चुनिखेलस्थित सुवर्ण शम्शेर क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने ।

१२) २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरूले शुरु गरी अधुरा रहेका कामहरूलाई विशेष प्राथमिकता दिई पुरा गर्ने ।

१३) नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्र अक्षरस कार्यान्वयन गर्ने ।

ओहो ! धेरै राम्रा कुरा रहेछन् त ? पक्का पुरा गर्नुहुन्छ ?

यो मेरो बूढानीलकण्ठ नगरवासीहरू समक्ष गरेको प्रतिबद्धता हो । अवश्य पनि पुरा गर्ने छु । यसमा कुनै दुई मत नै छैन । माथि पनि मैले भनिसकेको र गरेर देखाई सकेको छु । कुनै जिम्मेवारी बिनापनि जनताको समस्या समाधान गर्न सकिन्छ भन्ने कुराको यस अघि पुष्टि समेत गरिसकेको छु । यसबाहेक भर्खरै मैले केही प्राविधिक तथा आइटी विज्ञहरूसँग सचिवालयका साथीहरूलाई समन्वय गर्न लगाएको छु । ‘हेलो मेयर’ जनतासँग जनताको प्रतिनिधि सधैँ सम्पर्कमा रहने, वहाँहरूका हरेक गुनासो सुनुवाइ गर्न, जनप्रतिनिधि र कर्मचारीहरूको सेवा प्रवाह के कस्तो रहन्छ जनताले तुरुन्तै प्रतिकृया जनाउनको लागि प्रविधिको विकास गरेर समन्वयात्मक तरिकाले काम गर्ने योजना समेत बनाएको छु ।


www.lekhapadhi.com का लागि बिवेक चन्द ठकुरीले गरेको टेलिफाेन वार्तालापकाे सम्पादित अंश !