लघुकथा: आमाको मुख हेर्ने दिन


लघुकथा: आमाको मुख हेर्ने दिन

-“बुढा भोली त आमाको मुख हेर्ने दिन यसो किनमेल गर्नुछ छिटो अफिसबाट घर आउनू है ? रमाले भनिन्।”

-” ए हो त , म पनि गाउँ नगएको धेरै भयो भोली त बिदाको दिन पनि छ बिहानै साईत गर्नुपर्ला। खाना खाने बेला सम्ममा त कसो नपुगिएला र?”

– “चुनावमा जसरीनी जानुपर्छ त्यही बेलामा हेरे हुन्न मुख?”

-“लगन पछिको पोतेको के काम? राती सम्म आमाले बाटो हेरिरहनु हुन्छ। सबै दाजुभाई दिदिबहिनीहरु आउॅछन्।”

-“त्यस्तो घमन्ड गर्ने नै भए मैले के भनौं।”

-“तिम्रो रोजाई निक्कै राम्रो लाग्यो दुई जोर किन्दा कसो होला?” उनले आँखा तर्दै भनिन्-” ए कुरा त्यस्तो? गाऊँमा बस्ने र सहरमा बस्नेको लबाईखवाई र रहन सहन निक्कै फरक हुन्छ बुझ्यौ ?”

मनोज अफिसवाट आउने बित्तिकै उनीहरु बजार गए। रमाले मनोजलाई बजार भरिको गुणस्तरिय र महॅगो कपडा पसलमा लागिन् । उनले आमाका लागि जापानीज साडी ब्लाउज़ र पेटीकोटको सेट किनिन्। डराउॅदै मनोजले पनि भने,-“तिम्रो रोजाई निक्कै राम्रो लाग्यो दुई जोर किन्दा कसो होला?” उनले आँखा तर्दै भनिन्-” ए कुरा त्यस्तो? गाऊँमा बस्ने र सहरमा बस्नेको लबाईखवाई र रहन सहन निक्कै फरक हुन्छ बुझ्यौ ?” -“होइन होइन मेरो मतलब निक्कै मन परेर तिमीलाई पनि किन भन्न खोजेको।” उनले भनिन्, -” मैले त हिजै आएर सिफनको साडी किनी सक्याँ ।”

उनीहरु अर्को पसलमा पसे। रमाको नजर सुतीको सारीमा पर्यो। मोलतोल गरेर सारी लिई बाहिर निस्किए।

भोलीपल्ट बिहानै उनीहरु आ आफ्नो बाटो लागे।

आमाले भन्नु भयो,-” किन खर्च गर्नपर्थ्यो र बाबु? मसँग जति भनेपनि सारी छन्।

दुर्भाग्य बस मनोज चढेको गाडी बिग्रिएकोले साँझपख पुगे। उनी पुग्दा कामको ब्यस्थताले गर्दा दाजुभाई दिदी बहिनी आमाको दर्शन गरेर फर्कीसकेका थिए। आमाले देख्ने बित्तिकै मनोजलाई अंगालो मारेर रुनुभयो। उनले पनि मन थाम्न सकेनन्। पुग्ना साथ मनोजले साडी र मिसिरीको पोको आमाको हातमा थमाई दिएर मुख हेरे । यो देखेर आमाले भन्नु भयो,-” किन खर्च गर्नपर्थ्यो र बाबु? मसँग जति भनेपनि सारी छन्। तिमी आयौ मेरा लागि यही ठुलो कुरा हो।”

हिड्ने बेलामा आमाले मनोजको हातमा एउटा गर्हो झोला दिँदै भन्नु भयो ,-“बाबु म एक्लैले यतिका मिठाई र फलफूलहरु कहाँ खान सक्छु र?

लामो समय सम्म आमा छोरा बिच निक्कै भलाकुसारी चल्यो र उनिहरू निद्रा लागेपछि सुते।

भोलि पल्ट सबेरै मनोज हिड्ने बेलामा आमाले मनोजको हातमा एउटा गर्हो झोला दिँदै भन्नु भयो ,-“बाबु म एक्लैले यतिका मिठाई र फलफूलहरु कहाँ खान सक्छु र? लैजाऊ केटा केटीलाई हुन्छ ।अनि यो धुप छायाँको साडी दिदिले बिदेसबाट पठाईदिएकी। गोरी मान्छेलाई निक्कै खुल्छ।” -“के गर्नुभएको आमा त्यस्तो , हामीले दिनुपर्ने ठाउँमा ? ” खुरुक्क बढी कुरा नगरी लैजा मैले दिएपछि,

आखिर बुहारी पनि त छोरी समान हुन् नी ।”


प्रभादेवी पौडेल
भरतपुर ९, चितवन २०७९/०१/१६