देशभर आठ हजार जनाले लिए उम्मेदवारि फिर्ता


लेखक : लेखापढी      १७ बैशाख २०७९, शनिबार २०:५१ मा प्रकाशित     
देशभर आठ हजार जनाले लिए उम्मेदवारि फिर्ता

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा करिब एक लाख ५३ हजार उम्मेदवारि परेको जनाएको छ । उक्त उम्मेदवारी मध्ये करिब आठ हजार व्यक्तिले आफ्नो उम्मेदवारि फिर्ता लिएको जनाएको छ । आज सबै उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको पनि बताए । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उमेदवारी परेकामा करिब आठ हजारजनाले फिर्ता लिएको जानकारी दिए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज बेलुका ५ बजेसम्म उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो ।

“उम्मेदवारी फिर्ता लिनेको संख्या करिब आठ हजार छ । एक लाख ५३ हजार उम्मेदवारि परेको थियो भने त्यसमा करिब आठ हजारजति उम्मेदवारले फिर्ता लिएका छन्,” प्रवक्ता पौडेलले भने, “करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ । आज चुनाव चिह्न प्रदान हुन्छ ।” बैशाख यही वैशाख ३० गते स्थानीय निर्वाचन हुँदै छ ।