‘लौरो’ बुढाबुढीलाई टेकाउन मिल्ने भ्रस्टाचारीलाई सेकाउन मिल्ने : बालेन साह


लेखक : लेखापढी      १७ बैशाख २०७९, शनिबार १३:२४ मा प्रकाशित     
‘लौरो’ बुढाबुढीलाई टेकाउन मिल्ने भ्रस्टाचारीलाई सेकाउन मिल्ने : बालेन साह

काठमाडौं। काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले ‘लौरो’ चुनाव चिन्ह्व पाएका छन् ।

चुनाव चिन्ह्व प्राप्त गरेपछि उनले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै यस्तो लेखेका छन् ।

‘चुनाव चिन्ह्व ‘लौरो’
बुढाबुढीलाई टेकाउन मिल्ने
भ्रस्टाचारीलाई सेकाउन मिल्ने’

शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन साहले ‘लौरो’ चुनाव चिन्ह्व पाए लगत्तै यस्तो क्याप्सन लेखेर फोटो सार्वजनीक गरेका हुन् ।

चुनाव चिन्ह्व लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।