जगन्नाथ पौडेलले पाए चुनाव चिन्ह्व ‘भुइँकटहर’


लेखक : लेखापढी      १७ बैशाख २०७९, शनिबार १२:४४ मा प्रकाशित     
जगन्नाथ पौडेलले पाए चुनाव चिन्ह्व ‘भुइँकटहर’

काठमाडौं। भरतपुर मेयरमा बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह्व ‘भुइँकटहर’ पाएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चुनाव चिन्ह्व वितरण गरेको हो ।

मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँड र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए । तर उनीहरूले पौडेललाई फकाउन नसकेर फर्किएका थिए ।

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भने पनि उनले नमानेपछि पार्टीबाट निष्कासन गरिएको थियो । त्यसैले अबको निर्वाचनमा पौडेलले भुइँकटहर चुनाव चिन्ह्वबाट चुनाव लड्नेछन् ।