केशव स्थापितलाई कारबाहीको माग गर्दै ४५ संघ-संस्थाद्वारा संयुक्त विज्ञप्ति जारि


केशव स्थापितलाई कारबाहीको माग गर्दै ४५ संघ-संस्थाद्वारा संयुक्त विज्ञप्ति जारि

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ-संस्थाहरूले आपत्ति जनाएका छन् । एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै देशभरका ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।

यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ, विज्ञप्तिमा भनिएको छ ।

स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको अधिकारवादी संघ-संस्थाको ठहर छ ।

केशव स्थापितलाई ‘मी टू’ आरोप लागेको छ । स्थापितले भने आरोपबार उत्तेजक प्रतिक्रिया दिदै आएका छन् । सोही विषयमा प्रश्न गर्दा एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्तालाई उनले अपमानजक शब्द प्रयोग गर्दै जंगिएका थिए । उनको अभिव्यक्तिको एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत बचाउ गरेका थिए ।

हेर्नुहोस् विज्ञप्तिः