काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले १७ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि अलमुताईरीले १७ नयाँ खेलाडीलाई अवसर दिएका हुन् ।
अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडी प्रशिक्षण छाडेर टिमबाट बाहिरिएका छन् । विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षण छाडेका थिए ।
थप गरिएको १७ खेलाडीले बिहीबारबाटै प्रशिक्षण सुरु गरिसकेका छन् ।
अलमुताईरीले बोलाएका खेलाडीमा विकेश कुथु, जर्ज प्रिन्स कार्की, विशाल सुनार, निरकुमार राई, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे लगायतका खेलाडी छन् ।
टिममा बोलाइएका नयाँ खेलाडी –
विकेश कुथु, अनिश चौधरी, निरकुमार राई, जर्ज प्रिन्स कार्की, विशाल सुनार, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, रुप बहादुर लामा, शिव गुरुङ, अविशेक बराल, रोशन राना, संजोक राई, मनिष मगर, विकास तामाङ, आकाश बुढामगर, सुनिल श्रेष्ठ रहेका छन् ।
यो पनि पढ्नुस- राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले संयुक्त विज्ञप्ति जारी गरे
– राष्ट्रिय फुटबलका सिनियर खेलाडी रोहित चन्द सहित ९ खेलाडीले प्रशिक्षक अलमुताईरी विरुद्ध बिद्रोह