ललितपुर महानगरभित्र सञ्चालित माछामासु र डेरी पसलहरु अनिवार्य दर्ता गर्नुपर्ने


ललितपुर महानगरभित्र सञ्चालित माछामासु र डेरी पसलहरु अनिवार्य दर्ता गर्नुपर्ने

ललितपुर। ललितपुर महानगरपालिकाले २९ वटै वडा भित्र सञ्चालनमा रहेका माछामासु तथा डेरी पसलहरुलाई अनिवार्य दर्ता गर्न अनुरोध गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारि गर्दै महानगरपालिका भित्र रहेका १ देखि २९ वडा भित्र सञ्चालनमा रहेका माछामासु पसल, डेरी पसल, पशु बधस्थल तथा पशुपन्छि फार्म अनिवार्य दर्ता गर्नुपर्ने जनाएको हो ।

महानगरले जारि गरेको सूचनामा भनिएको छ, १ देखि २९ वडा भित्र सञ्चालनमा रहेका माछामासु पसल, डेरी पसल, पशु बधस्थल र पशुपन्छि फार्म अनिवार्य दर्ता गरि सञ्चालन गर्नुपर्ने भएको हुँदा दर्ता नगरि सञ्चालन गरिएको भए आ-आफ्नो वडा कार्यालयको सिफारिस सहित पशुसेवा शाखा ललितपुरमा तुरुन्त दर्ता गर्न अनुरोध छ ।

अन्यथा पशु सेवा ऐन २०५५ र पशु बधस्थल तथा मासुजाँच ऐन २०५५ र नियमावली २०५६ अनुसार कार्वाही हुने ब्यहोरा समेत सुचनामा जनाएको छ ।

सूचनाः