वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका स्थानीय निकायहरूका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगले अहिलेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको जनाएको हो ।
जसमा प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार एक सय ६८, उपाध्यक्षमा २ हजार ४०१ जना, वडाध्यक्षमा ३५ हजार ३५३ जनाको उम्मेदवारी परेको छ।
आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो ।