राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले संयुक्त विज्ञप्ति जारी गरे 


लेखक : लेखापढी      १५ बैशाख २०७९, बिहीबार २०:१४ मा प्रकाशित     
राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले संयुक्त विज्ञप्ति जारी गरे 

काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडी र  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबिचको बिबाद उत्कर्षमा पुगेको हो ।

बिहीबार मात्र एन्फा महासचिव इन्द्रमान तुलाधरले छानबिनका क्रममा प्रशिक्षक अल्मुताइरी दोषी देखिए एन्फा उनलाई बर्खास्त गर्न तयार रहेको बताएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विरोधमा उत्रिएका खेलाडीहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

रास्ट्रिय खेलाडीहरुको भनाइ जस्ताको त्यस्तै :

एएफसी एसियन कप छनोट अन्तर्गत राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सोमबारदेखि राख्ने कार्यक्रम रहेको थियो । त्यसअघि प्रशिक्षणमा भने खेलाडीहरु आ-आफ्नो घरबाट आउने गरेका थिए । उपत्यकाबाहिरका खेलाडी भने होटेलमा बसेका थियौँ । उपत्यका बाहिरका खेलाडीलाई सुरुवातमा होस्टेलमा राख्ने भने पनि त्यहाँ दैनिक उपभोगका लागि नुहाउने लुगा धुने पानी, खाने कुरा लगायत सुविधा नभएका कारण ५-६ घण्टा होस्टेलमा कुरेपछि अन्त्यमा होटेलमा राखिएको थियो ।
आइतबार प्रशिक्षण सुरु हुनुअघि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आफैँले हामीलाई भोलिबाट बन्द प्रशिक्षण सुरु हुने जानकारी दिनुभयो । त्यसपछि रोहित चन्दले होटेल बस्ने कि होस्टेल भन्ने प्रश्न उठाए । प्रशिक्षकले सुरुवातमा होस्टेलमा बस्ने जानकारी दिएपछि रोहितले होस्टेलमा दैनिक जीवनयापन गर्ने आधारभूत सुविधा पनि नभएको जानकारी दिए उनले खेलाडीबीच सल्लाह भएअनुसार नै होटेलमा बस्नु उपयुक्त हुने बताएका थिए ।
त्यसपछि प्रशिक्षक आक्रामक रुपमा प्रस्तुत हुँदै होस्टेलमा बस्न नचाहने खेलाडीलाई हात उठाउन बताउनुभयो । त्यसमा रोहित एक्लैले हात उठाएपछि कोच रिसाउदै बाहिर जानुभयो । रोहित पनि केहीबेरमा बाहिर गए । एकछिनमा प्रशिक्षक भित्र आएर होस्टेलमा बस्न नचाहने कोहि छ भने एसियन कपको क्याम्प छोड्न भन्नुभयो । उहाँले सबै होस्टेल जान नचाहने भए अन्य २३ खेलाडी टोलीमा राख्न सक्छु भन्नुभयो ।
उहाँ त्यसपछि प्रशिक्षण हुँदैन भन्दै बाहिरिनुभयो । यसबीचमा व्यवस्थापक मधुसुदन उपाध्यायले मित्र आएर होटेलको व्यवस्था भैसकेको जानकारी दिनुभयो ।
हामी खेलाडी भने प्रशिक्षणका लागि मैदान प्रवेश गर्‍यौँ । झन्डै १०-१५ मिनेट मैदानभित्र नै कुरेपछि वहाँ प्रशिक्षण टोली र व्यवस्थापकसँग छलफल गरेर आफैँ मैदानमा आउनुभयो । हामीलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले वार्म अप गराइरहँदा प्रशिक्षकले बाहिर रोहित चन्दसँग छलफल गर्नुभयो । रोहितकाअनुसार उहाँले, ‘टोलीमा एक मात्र लिडर हुने र यसपटक टोलीमा सामेल गर्न नसकिने । तिमीले टोलीमा नकारात्मक असर पार्‍यो’ भन्नुभएयो ।
त्यसपछि रोहितले आफ्नो रियाब पूरा गरेर सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जर्सी बुझाएर मैदानबाट बाहिरिए । यता प्रशिक्षक अलमुताइरीले पुनः हामीलाई प्रशिक्षण स्थलमा आएर आएर रोहितलाई भनेको कुरा दोहोर्‍याउनुभयो । उहाँले होटेलको व्यस्थापन भइसकेको र आफूले मन चोर्न खोजेको पनि बताउनुभयो । त्यसपछि प्रशिक्षण सकियो ।
रोहित बाहिरिएको देखेपछि हामी अलमलमा पर्‍यौँ । प्रशिक्षण सकिएर हामी आ-आफ्नो घर गर्‍यौँ । भोलिपल्ट सोमबार हामी समान बोकेर बन्द प्रशिक्षणमा सामेल हुन आयौँ । खेलाडीले यसबारे सहायक प्रशिक्षक किरण श्रेष्ठलाई सोध्यौँ । तर प्रशिक्षकसँग सल्लाह गर्ने भन्दै उहाँबाट प्रष्ट जवाफ आएन ।
सोमबार प्रशिक्षण सुरु हुनेबेलामा प्रशिक्षकले हामीलाई आइतबारको घटनाबारे निराश रहेको भन्दै प्रश्न गर्दा सबै टिमले निराश रहेको बतायौँ । उहाँले निराश भएपनि केही फरक नपर्ने बताउँदै अन्य २३ खेलाडी ल्याउन सक्ने बताउनुभयो । अनि प्रशिक्षण पूरा गरेर समाप्त भयो ।
भोलिपल्ट मंगलबार प्रशिक्षण सकिँदा पनि कसैबाट प्रष्ट जवाफ नआएपछि हामी चेन्ज रुममा प्रशिक्षकसँग रोहितबारे कुरा गर्न चाहन्छौँ भन्यौँ । उहाँले ५ जनाले आफ्नो धारणा राख्न बताउनुभयो । सबैको बोल्ने इच्छा भए पनि सिनियरको हिसाबले हामीमध्ये ५ जनाले रोहितको माग जायज रहेको र हामीले भनेर नै रोहितले बोलेको भन्ने आशयको कुरा राख्यौँ । हामीले हाम्रो माग रोहितलाई फिर्ता गर्नु नभएको तर हाल क्याप्टेन रहेकाले उनले उठाएको विषय हामी सबैको हो भन्ने बतायौँ । त्यसपछि प्रशिक्षक अलमुताइरीले आक्रोशित हुँदै एक साता प्रशिक्षण नहुने र अर्को २३ जना बोलाउने भन्दै चेन्जिङ रुम छाड्नुभयो ।
हामी होटेल पुग्दा प्रशिक्षकले चेन्ज रुममा बोल्ने ५ जना वाहेकका खेलाडीलाई व्यक्तिगत रूपमा बोलाउँदै, रोहितको टिममा खेल्ने कि अब्दुल्लाहको टिममा ? भन्दै प्रश्न गर्नुभयो त्यसपछि चेन्ज रुममा बोलेका ५ जना खेलाडीलाई घर जान भन्दै अन्य खेलाडीलाई एक ठाउँमा राखेर टिम मिटिङ बोलाइयो चेन्ज रुममा बोलेका ५ जना बाहिर रहँदा अन्य ५ जनाले यो ठिक होइन भन्दै मिटिङमा जान असमर्थता जनाय अन्य खेलाडी भने मिटिङ रुममा पसिसकेका थिए ।
बाहिर रहेका १० मध्य १ खेलाडीलाई विभागको दबाबमा मिटिङ हलमा पस्न बाध्य गराइयो । बाहिर रहेका अन्य खेलाडीलाई प्रशिक्षकसँग कुरा गर्न र माफी माग्न लगाउन गोलरक्षक प्रशिक्षक विकास मल्ल आउनुभयो । हामीले गल्ती नगरेकाले माफी माग्नु आवश्यक नरहेको र छलफलका लागि भने तयार रहेको बतायौँ ।
मिटिङ सकिएपछि बाँकी रहेका ९ जना हामी प्रशिक्षकसँग छलफलका लागि गर्‍यौँ । भित्र गएपछि उहाँले एकपक्षीय रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै हामीलाई क्याम्प छोड्न निर्देशन दिनुभयो । उहाँले आफू रहुन्जेल हामी कोही पनि राष्ट्रिय टोलीमा नपर्नेसमेत बताउनुभयो । वहाँले अन्त्यमा ‘YOU STARTED THE WAR, AND I ENDED IT’ भन्नुभयो । उहाँले त्यसपछि आफू पनि नजाने र हामीलाई पनि मिडियामा नजान निर्देशन दिनुभयो ।

हामीले प्रशिक्षक अलमुताइरीको निर्देशनअनुसार अनुमति लिएर बहिरियाँ त्यसपछि गोलरक्षक प्रशिक्षकले, ‘त्यसले भनेर मात्र हुँदैन, हामी पनि छौँ । त्यो विदेशी हो, त्यो कोहीपनि होइन’ भन्दै हामीलाई सहानुभूति दिनुभयो । त्यसपछि हामीले प्रशिक्षकको निर्देशन मान्ने र क्याम्प छाड़ने बतायौँ । टोलीका व्यवस्थापक मधुसुदुन उपाध्याय रंगशालाबाट नै घर गएको र समस्या हुँदा हुँदै पनि क्याम्पमा नआएकाले हामी यसै निस्कियौँ ।”


यो पनि पढ्नुस: राष्ट्रिय फुटबलका सिनियर खेलाडी रोहित चन्द सहित ९ खेलाडीले प्रशिक्षक अलमुताईरी विरुद्ध बिद्रोह