जेठदेखि शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय


जेठदेखि शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय

नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

“हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,” निर्णयमा भनिएको छ ।