विदेशबाट टेलिभिजन र महंगा मोबाईल नेपाल आयातमा सरकारले रोक लगायो


लेखक : लेखापढी      १४ बैशाख २०७९, बुधबार १४:४६ मा प्रकाशित     
विदेशबाट टेलिभिजन र महंगा मोबाईल नेपाल आयातमा सरकारले रोक लगायो

काठमाडौं । बिदेशी मुद्रा सञ्चिती घट्दै गएपछि नेपाल सरकारले विभिन्न वस्तुहरूको आयातमा प्रतिबन्ध लगाइरहेको छ । हाल विदेशबाट  टेलिभिजन पनि आयात बन्देज लगाइएको सूचीमा परेको छ ।

बैशाख १३ गते राजपत्र मार्फत सरकारले ३२ इन्चभन्दा माथिका रङ्गिन टेलिभिजनको आयातमा बन्देज लगाइएको उल्लेख गरेको हो । राजपत्रमा प्रकाशित मितिदेखि तोकिएको भन्दा ठूला टेलिभिजन आयातकर्ताले असार मसान्तसम्म ल्याउन पाउने छैनन् । साथै सरकारले ६०० अमेरिकी डलर अर्थात करिब ७३ हजार रुपैयाँमाथिका महँगा फोन आयातमा समेत रोक लगाएको छ ।

टेलिभिजनबाहेक कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, कार तथा भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात पनि सरकारले प्रतिबन्ध लगाएको छ । यसैगरी तास, हिरा, तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य पदार्थहरुको पनि असारसम्म आयात बन्देज लगाएको राजपत्रमा उल्लेख छ ।