पार्टी विरुद्ध लागेकाले हेमन्त र धर्मेन्द्रलाई कारबाही (विज्ञप्तिसहित)


पार्टी विरुद्ध लागेकाले हेमन्त र धर्मेन्द्रलाई कारबाही (विज्ञप्तिसहित)

काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले उक्साहटमा पार्टी विरुद्धको गतिविधि गरेको आरोप लगाएका छन् ।

सुदर्शन बास्तोलालाई पार्टीबाट निष्कासन गरेको विज्ञप्ति जारी गर्दै विप्लवले भनेका छन्, ‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रूपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो । सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधानअनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।

विप्लवले उक्साहटमा लागेर अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारणले कारवाहीको निर्णय गर्न बाध्य भएको बताएका छन् । सुदर्शन र कञ्चनले पार्टीमा नमिलेको कुरा स्थानीय चुनावलाई देखाएर पार्टी विपरित गतिविधिमा संलग्न भएको उनको भनाइ छ ।

यो समस्याको चुरो कुरा प्रतिबन्धभन्दा अगाडि मध्य कमाण्डमा हुँदादेखि नै क. सुदर्शनसँग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय थिए। सुदर्शन जेल हुँदा पनि उहाँ गिरफ्तार हुनुको मूल कारण पनि उहाँले नै पार्टीको सुझाव विपरित नजिक राखेका मान्छेले गर्दा हो भन्ने विषयमा गम्भीर छलफल भए विज्ञप्तिमा भनिएको छ, त्यसैगरी कमरेड कञ्चनसँग पनि पार्टी संगठनका जिम्मेवारी, राजनैतिक कार्यनीतिका विषयमा गम्भीर छलफल चलेका थिए र केही विषयमा मेल खाएको थिएन । तर हाल आएर चुनावको विषय देखाएर पार्टी संसद्वादमा फसेको तर्क उराल्नु भएको छ ।

चुनावकै कुरा गर्दा गएको असोज-कार्तिकमा सुदर्शनले नै रुकुम, दाङ, जाजरकोटका प्रशिक्षणहरुमा चुनाव कार्यनैतिक विषय भएकाले उपयोग पनि गर्न सकिने तर्कहरु राखेको उनको भनाइ छ ।

चुनाव र राष्ट्रपति संसदवादी नहुने क्रान्तिकारी हुने तर आफ्ना सोचहरु नमान्दा पार्टीले कार्यनीतिका रुपमा चुनावलाई पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी तथा राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी बनाउने र सहयोग गर्ने, भन्दा संसदवादी हुने यो कुन माक्र्सवादको विश्लेषण हुन्छ ? यो पुरै रकमी एवं अवसरवादी कुतर्क बाहेक केही हुँदैन, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिः