नेकपा एमाले बागमती प्रदेश कमिटीका नेता तथा बूढानीलकण्ठ नगरपालिकामा विकासवादी नेताको रुपमा परिचित मिठाराम अधिकारीले यतिबेला बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उनले नेकपा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । जनसेवालाई राजनीतिक जीवनको केन्द्रमा राख्ने सेवा, सहयोग र सामाजिक न्यायको पक्षमा बोल्ने अधिकारीलाई नगरवासीहरुले यसपटक न्याय दिनेछन्, हाल अमेरिकामा बस्ने बुढानिलकण्ठकै स्थाई वासिन्दा केशब खड्का भन्छन् । २०६३/०६४ को जनआन्दोलनमा तराईबाट काठमाडौं बसाई-सराई गरियो । नयाँ ठाउँ के कति दुःख पाइछ भन्ने भय थियो, तर उहाँ मिठाराम दाजुलाई भेटेपछि सबै ब्यवस्था गरिदिनु भयो । को यहाँको स्थाई वासिन्दा हो ? को बाहिरबाट आएको नयाँ वासिन्दा हो, कसैलाई विभेदपूर्ण तरिकाले कहिल्ल्यै नहेर्ने, समान दृष्टी राख्ने उहाँलाई यस अघिको चुनावमा घरदैलो कार्यक्रममा हिड्दा ओहो! मिठाराम तपाईँ उठ्नु भयो ? तपाईको चुनाव चिन्ह्व के हो ? हामी भोट दिन्छौं भनेर बृद्ध-बृद्धा देखि हरेक तप्काका मानिसहरुले सोध्ने गरेको सम्झन्छन् खड्का ।
२०७२ को भूकम्पले विपद परेका बेला होस् या कोभिडको आपत-विपदमा आफ्नो नगरमा नगरवासीका हकहित र सहयोगमा निरन्तर लागिरहनु भयो । सामाजिक समस्याको समाधान गर्न थप सहयोग पुगोस् भन्ने उद्देश्यले राजनीतिमा आउनुभएका मिठाराम दाजुलाई म अत्यन्तै नजिकबाट चिन्छु, खड्का भन्छन् । उनको भनाईको आधारमा, समाजसेवालाई आफ्नो जीवनको लक्ष्य ठान्ने मिठाराम दाजु स्पष्ट विचार, सादा जीवन र जनतासँगको सामिप्यताको कारण बूढानीलण्ठ क्षेत्रमा निकै परिचित हुनुहुन्छ । यस्तै परिचित जनताका सेवक ब्याक्तिले यसपटक नगर प्रमुखको टिकट पाएकोमा म लगायत कपनबासी समेत निकै खुसी भएका छौं ।
मिठाराम दाजु बोल्दा खरो ढङ्गले प्रस्तुत भएपनि हार्दिकता र सहयोगी भावनाका साथ सदैब न्याय र सत्यको मार्ग अवलम्बन गर्नुहुन्छ । नगरवासीहरुको घर-घरमा पुगेर हरेक प्रकारका समाजमा आइपर्ने समस्या समाधानमा लाग्ने उहाँले कुनै पद तथा कुर्चि बिनापनि समृद्ध बूढानीलकण्ठ र बुढानिलखण्ठवासीहरुको सुख र खुसीका लागि सधैं सक्रिय रहनु भयो, केशब खड्काले भने । पछिल्लो पटक प्रदेश सभा सदस्यको अवसरबाट समेत पछाडी पारियो, यद्दपी उहाँ आत्मविश्वासका साथ जनताको चासो र सरोकारमा निरन्तर लागि नै रहनुभयो ।
त्यसैले यो पटक हाम्रो बुढानिलकण्ठ नगरपालिकामा उहाँ जस्तो योग्य नेतृत्वको खाँचो अनुरुप नै उहाँको उम्मेदवारीलाई आवस्यक र स्वाभाविक ठानेका छौं । मिठाराम दाजुलाई मेरो र सम्पुर्ण अमेरिकामा बस्ने बुढानिलकण्ठवासीहरुको तर्फबाट चुनाव सफलताको शुभकामना !