मेयर लड्न उपसचिवबाट राजीनामा दिएका भुसालले पाएनन् टिकट


लेखक : लेखापढी      १३ बैशाख २०७९, मंगलवार १५:४८ मा प्रकाशित     
मेयर लड्न उपसचिवबाट राजीनामा दिएका भुसालले पाएनन् टिकट

स्थानीय तहको चुनाव २०७९ मा मेयरमा लड्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिष्णुप्रसाद भुसालले राजीनामा दिए तर उनले टिकट पाएनन् ।

 नवलपुरको देवचुली नगरपालिकामा मेयरमा उठ्ने भन्दै उपसचिवबाट उनले राजीनामा दिएका थिए ।

निजामाति सेवामा दुई दशक बिताएका भुसाल देवचुली नगरपालिकाका स्थानीय हुन । उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम समेत  गरेका थिए भने उनले ले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन् ।