डडेलधुराका पूर्वसभापति कर्ण मल्ललाई पार्टीबाट निष्कासन


लेखक : लेखापढी      १३ बैशाख २०७९, मंगलवार १९:५१ मा प्रकाशित     
डडेलधुराका पूर्वसभापति कर्ण मल्ललाई पार्टीबाट निष्कासन

काठमाडौं । नेपाली कांग्रेसले डडेलधुराका पूर्वसभापति कर्ण मल्ललाई पार्टीबाटै निष्कासन गरेको छ ।

साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी मल्ललाई जानकारी दिए ।

“नेपाली कांग्रेस डडेलधुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादु्र मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहनेगरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,” मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विधान विपरीत मल्लले गरेका कामका विषयमा भने कारबाहीपत्रमा खुलाइएको छैन । पार्टीले गरेको यो निर्णय उपर अधिकांस नेताहरुको असहमति रहेको देखिन्छ, पार्टीले आफ्नो निर्णय फिर्ता लिनु पर्ने माग उठिरहेको जानकारी छ ।