ट्वीटरको सबै सेयर अर्बपति एलोन मस्कले किने


लेखक : लेखापढी      १३ बैशाख २०७९, मंगलवार ०६:४९ मा प्रकाशित     
ट्वीटरको सबै सेयर अर्बपति एलोन मस्कले किने

काठमाडौं। अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर खरिद गर्ने सम्झौता गरेका छन् । मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेका हुन् । ट्विटर बिक्री भएपछि निजी स्वामित्वमा रहेको कम्पनी हुने छ ।

एलोन मस्कले भनेका छन्, उनी ट्विटर किन्न चाहन्छन् किनभने यो ‘स्वतन्त्र वाक लागि‘ प्लेटफर्मको रूपमा यसको सम्भाव्यतामा बाँचिरहेको छैन र यसलाई एक निजी कम्पनीको रूपमा रूपान्तरण गर्न आवश्यक छ ।

मस्कले ट्वीटरसँगको संयुक्त वक्तव्यमा भनेका छन्, हामी यसलाई नयाँ सुविधाहरूको साथ सेवालाई पहिले भन्दा राम्रो बनाउन चाहन्छौं । उनले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । हाल उनले ट्वीटरको सबै सेयर किनेका हुन् ।