स्थानीय निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाको मनोनयन दर्ता


लेखक : लेखापढी      १३ बैशाख २०७९, मंगलवार ०७:११ मा प्रकाशित     
स्थानीय निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाको मनोनयन दर्ता

काठमाडौं। वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन् । देशभर ३५ हजार २ सय २१ जना जनप्रतिनिधिको लागि १ लाख भन्दा धेरैको आवेदन परेको निर्वाचन आयोगले जनाएको छ ।

जनप्रतिनिधिमा मनोनयन दिएका मध्य २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन् । देशभरका निर्वाचन कार्यालयबाट आइतबार र सोमबार गरेको मनोनयन दर्ताको संख्या सोमबार राति ११ बजेसम्मको संख्या आयोगले अद्यावधिक गरेको हो ।

मनोनयन दर्ताको समय सकिएपनि रुजु गर्ने काम भइरहेकाले उम्मेदवार संख्या अझै थपिने आयोगले जनाएको छ ।