एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता गरे


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार १६:४५ मा प्रकाशित     
एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता गरे

धनगढी- नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले मनोनयन दर्ता गराएका छन्। उनीहरूले उमहानगरको १९ वटै वडाध्यक्ष र सदस्यसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको मुख्य कार्यालय धनगढी पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्।

एमालेबाट उपमहानगरपालिकाको–१ बाट ज्ञानेन्द्र मल्ल, २ मा विष्णु पुरी, ३ मा पार्वती सिंह, ४ मा तीर्थराज जोशी, ५ मा सुनिराम चौधरी, ६ मा ईश्वरी बम, ७ मा मोती राना, ८ मा जुगराम चौधरी, ९ मा नविन बिक र १० मा शिवकुमार रानाले एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, एमालेबाट ११ नम्बर वडामा रूपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा, १३ मा जगदीश राना, १४ मा कृष्ण पाण्डेय, १५ मा गोरे कुन्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दीपेन्द्र घर्तीमगर, १८ मा भुवन रिजाल र १९ नम्बर वडाको अध्यक्षमा तिलुराम चौधरीले मनोनयन दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्वउपाध्यक्षसमेत हुन् । धनगढी–४ का बासिन्दा उनी ०५० देखि विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका थिए । 

यस्तै चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत हुन् भने रानाथारु एमाले कैलालीकी नेतृ हुन्।