काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् ।
सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिइएको भए पनि चिरिबाबु महर्जनलाई दोहोर्याउने कि प्रेमकृष्ण महर्जनलाई दिने भन्ने विवादका कारण टुंगो लाग्न सकेको थिएन । आज मेयरका लागि नेपाली कांग्रेशले टिकट दिएको हो । महर्जनले भने -“भर्खरै मलाई सञ्चारमन्त्रीको फोन आयो । टिकट पाउनुभयो भन्नुभएको छ । अब म उम्मेदवारी मनोनयनका लागि जाने तयारी गर्दैछु,”
शेखर कोइराला समूहले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेको थियो भने देउवाले चिरिबाबुलाई नै अघि सार्नुपर्ने अडान राखेका थिए । चिरिबाबु महर्जन जनप्रिय विकासप्रेमी मेयरका रुपमा चिनिन्छन।