गजल (भूकम्प)


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार १५:३७ मा प्रकाशित     
गजल (भूकम्प)

भुकम्पले त केबल धरहरा भत्कायो।
महल छाडी केबल टहरा भत्कायो।

बर्सौ सम्म आनन्द खुसी परिवारको
कहिलै नसोचेको हराभारा भत्कायो।

गरिब त त्यसै गरिब थ्यो पहिलै देखि,
खाने खेत अनि जोत्ने गह्रा भत्कायो।

अखण्ड भन्दै आएथ्यौ नेपाललाई सधै
नदि नाला,छहरा अनि पहरा भत्कायो।

भुकम्पले त केबल संरचना बिगारे
तर, नेताले त नेपाली मन बरा! भत्कायो।


-मदन मल्ल ‘छायाँ’ (कास्की, पोखरा)