कञ्चनपुरमा कांग्रेस एक्लै चुनावमा जाने, माओवादी केन्द्र र नेकपा एसबीच गठबन्धन गर्ने निर्णय


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार १०:५९ मा प्रकाशित     
कञ्चनपुरमा कांग्रेस एक्लै चुनावमा जाने, माओवादी केन्द्र र नेकपा एसबीच गठबन्धन गर्ने निर्णय

कञ्चनपुर। कञ्चनपुरमा स्थानीय तहको निर्वाचनका लागी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने निर्णय गरिएको छ। तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस अलग भएको छ।

अब कञ्चनपुरमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो। नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले आइतबार अबेर रातिसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय हुन पुगेको बताए।