हरिवन नगर प्रमुखमा पुनः गणेस प्रसाँइको उम्मेदवारी


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार १०:१६ मा प्रकाशित     
हरिवन नगर प्रमुखमा पुनः गणेस प्रसाँइको उम्मेदवारी

काठमाडौं। सर्लाही हरिवन नगरपालिकाको नगरप्रमुखमा मेयर गणेश प्रसाँईले उम्मेदवारी दिने पक्का भएका छन् । प्रसाँई दोस्रो कार्यकालका लागि नेकपा एमालेबाट उम्मेदवारी दिन लागेका हुन् । जसकालागि आज उम्मेदवारी दर्ताको अन्ति दिन मनोनयन दर्ता गराउने तयारिमा जुटेको वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहेबुवाले जानकारी दिए ।

प्रसाँईले गतहप्ता पदबाट राजिनामा दिएर पुनः पाँच वर्षका लागि हरिवन नगरवासीहरुको सेवा गर्न चाहेको र नगरवासीको चहानाअनुरुप दोस्रो कार्यकालका लागि नगर प्रमुखमा उम्मेदवारी दिन लागेको बताएका छन् । बैदेशिक तथा कुटनैतिक ज्ञान बटुलेका मेयर प्रसाँईले यस अघिको पाँच वर्षे कार्यकाल सुखद तथा नगरवासीहरुको मन जित्न सफल भएका थिए ।

मेयरका उम्मेदवार प्रसाँईले नगरमा १७ किमी रिङरोड निर्माण सम्पन्न गर्नुका साथै स्माट सिटी निर्माण, बत्ती, ढल निर्माण खेलकुद, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा थुप्रै योजना पारेका थिए । उनका केही योजनाले पुर्णता पाएपनि केही बाँकी रहेकोले आउदो कार्यकालमा पुरा गर्ने प्रतिवद्वता नगरवासी समक्ष जाहेर गरेको बताएका छन् ।

हरिवन नगरपालिकामा नेकपा समाजबादी र माओबादी चुनावी तालमेलमा छन् भने, नेकपा एमाले एक्लै चुनावि मैदानमा उत्रीने वडाअध्यक्ष मेहेबुवाले बताए । हरिवन नगरमा नेकपा एमालेको राम्रो गठ रहेको वडा नम्ब ११ का वडा अध्यक्षमा मेहबुवाले समेत दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने भएका छन् ।