मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्र यस्तो


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार ०६:४५ मा प्रकाशित     
मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्र यस्तो

काठमाडौं। काठमाडौँ महानगपीलिकाबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्र जस्ताको त्यस्तै:

•जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी हुने ।
•पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर स्थापना गरिने ।
•भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी जडान गरिने ।
•रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २०% ठाउँ दिने ।
•युवाहरुको लागि करियर परामर्श र कोचिङ , बिजनेस शुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा खोलिने ।
•सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा गरिने ।
•निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने ।
•७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने ।
•सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति गरिने ।
•बस स्टपहरुमा फल्चा स्थापना गरिने ।
•सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने, महानगरको सबै मिटिङको लाईभ टेलेकास्ट गरिने ।
•काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने ।
•उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने ।
•काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने ।
•सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने ।
•अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने ।
•अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराइने ।
•एक घर एक रुख अभियान सुचारु गरिने ।