आज सातौँ भूकम्प स्मृति दिवस (राष्ट्रपतिको सन्देशसहित)


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार ०६:३४ मा प्रकाशित     
आज सातौँ भूकम्प स्मृति दिवस (राष्ट्रपतिको सन्देशसहित)

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज बैशाख १२ अर्थात ७ वर्ष अघि आजकै दिन गएको भुकम्पको स्मृतिमा सन्देश जारि गरेकी हुन् ।

सन्देशमा गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका दिदीबहिनी तथा दाजुभाइहरु प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गरिएको छ ।

सन्देशमा नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्त्विक एवं ऐतिहासिक सम्पदा सरकारी तथा सार्वजनिक भवन, शैक्षिक र स्वास्थ्य संस्थाका भवन, निजी आवास सडक र पुल लगायतका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य लगभग सम्पन्न गरिसकेको जनाइएको छ ।

त्यस्तै उनले बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारी समेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत भूकम्पपश्चात्‌को पुनर्निर्माण तथा पुन: स्थापनाका कार्यहरूमा सहयोग गर्ने मित्रराष्ट्र¸ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था र स्वयंसेवक सबैलाई हार्दिक धन्यवाद दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले सन्देशमा सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना समेत गरेकी छिन् ।

राष्ट्रपति भण्डारीद्वारा जारि सन्देशको पूर्णपाठः