त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे ठुलो गोल पार्कमा कमलको फूलको आकृति नै किन राखिदैछ ?


लेखक : लेखापढी      १२ बैशाख २०७९, सोमबार ११:५६ मा प्रकाशित     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे ठुलो गोल पार्कमा कमलको फूलको आकृति नै किन राखिदैछ ?

नेपाली मौलिक ऐतिहासिक पहिचान वा रास्ट्रिय धरोहरको आकृति राख्न कसले रोक्यो ?

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार स्वर्ण गेटबाट भित्र पसेपछी देखिने पानीको फोहरामा राखिदैछ कमल फूलको आकृति ।

मुख्य प्रवेशद्वारबाट करिव ५० मिटर अगाडी आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल छुट्टिने चोकमा ठुलो गोल पार्क छ, जहाँ यस अघि पोखरीबाट पानीको फोहरा निस्केको देख्न सकिन्थ्यो, हाल त्यही पोखरीको बीचबाट स्तम्भ उठाई कमलको फूल आकृति राखिने भएको छ ।

यहाँ किन यो प्रशंग लेखिएको हो भने उक्त कमलको फूल राख्न लागिएको ठाउँमा सुरुमा भगवान गौतम बुद्धको मुर्ति राखिने अन्तिम तयारि अनुरुप निर्माण कार्य थालिएको थियो । तर निर्माणको जिम्मा लिएको कम्पनी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल व्यबस्थापनले बुद्धको मुर्ति राख्दा धर्मसँग जोडिएर अन्य कुनै खालका कन्ट्रोभर्सी हुने भएकोले बरु कमलको फूल राख्दा उत्तम हुने विचारका साथ उक्त फूल राख्ने तयारी भएको हो ।

”बुद्धको मुर्ती राख्दा विभिन्न धर्मसँग जोडिएका टिका-टिप्पणी हुने भएकाले कमलको फूल सबैको साँझा सहमतिमा राखिएको हो ।” त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका महानिर्देशक टेकनाथ सिटौलाले भने ।

गौतम बुद्धको मुर्ति राख्दा धर्मको कुरा आउने भए कमलको फूल पनि त भारतको राष्ट्रिय फुल हो, त्यसले झन विबाद सिर्जना गर्न सक्छ नी ? भन्ने लेखापढीको प्रश्नमा सिटौलाले भने, ”होईन त्यो त कुरा जता लग्दा पनि भयो, बिबाद नै निम्त्याउने मनशाय गलत हुनजान्छ, एउटा पोखरीमा कमल नै फुल्ने भएकोले त्यस पोखरीमा कमलकै फूलबाट पानीको फोहरा सुन्दर तरिकाले देखिने हेतुले बनाइएको हो। अन्यथा केही होईन उनले भने ।

त्यसो त राजा महेन्द्रले आफ्ना बुवा राजा त्रिभुवनको नाम जोडेर यो विमानस्थल बनाएका हुन्। त्यसैले राजा त्रिभुवनको शालिक वा एयरपोर्ट बनाउने राजा महेन्द्रकै शालिक राख्दा के हुन्थ्यो त भन्ने प्रश्नमा भने सिटौला धेरै बोल्न चाहेनन् । गौतम बुद्ध, राजा त्रिभुवन, राजा महेन्द्र वा अन्य रास्ट्रिय बिभुति जसको राख्दा पनि हाम्रो राष्ट्रिय परम्परा झल्किने हुनु पर्यो यसमा कुनै किसिमको विबाद गरिरहनु परेन नी होईन र ? 

भारतीय रास्ट्रिय फूल कमलको प्रतिमूर्ति राख्नुले नेपाली पहिचान नदेखिने कतिपय सर्बसाधारणको समेत प्रतिकृया हामीले पायौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै ऐतिहासिक पहिचान वा नेपालकै प्रतिनिधित्त्व गर्ने प्रतिमा राखिनु पर्ने हो भन्ने सबैको धारणा देखिन्छ । नेपाल पर्यटन बोर्ड तथा संस्कृति मन्त्रालयको समेत समयमै ध्यान पुग्नुपर्ने देखिन्छ । 


लेखापढी डटकमले गरेको स्थलगत रिपोर्टिंगका आधारमा तयार सामग्री