धादिङमा बसले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु


लेखक : लेखापढी      ११ बैशाख २०७९, आईतवार २०:४० मा प्रकाशित     
धादिङमा बसले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  

बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।