संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ- संस्कृतिविद् सत्यमोहन जोशी १० दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्। 

उनलाई गत वैशाख १ गते बिहीबार छातीमा असजिलो भएपछि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो। 

जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको किष्ट अस्पतालका निर्देशक  प्रा.डा सुरज बज्राचार्यले जानकारी दिए।   

 

यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो। उपचारपश्चात करिब एक हप्तापछि उनी डिस्चार्ज भएका थिए।