बालेन शाहले गरे उम्मेदवारी दर्ता


लेखक : लेखापढी      ११ बैशाख २०७९, आईतवार १३:३५ मा प्रकाशित     
बालेन शाहले गरे उम्मेदवारी दर्ता

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा चर्चित र्‍यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उनले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभा गृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर र्‍यापर शाहले मनोनयन दर्ता गरेका छन् ।

साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले देशैभरी मनोनयन दर्ता गरिरहेका छन् । मनोनयन दर्ताको लागि दुई दिन समय पाएकाले ठूला दलहरू भने अझै आन्तरिक गृहकार्यमै छन् ।