स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता


लेखक : लेखापढी      ११ बैशाख २०७९, आईतवार ०६:५२ मा प्रकाशित     
स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदैछ । यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएको छ ।

आज (आईतबार) र भोलि (सोमबार) दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् । साथै देशैभर मनोनयन दर्ता र निर्वाचन प्रकियाको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

देशका ७ सय ५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको पनि आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार १२ गते सोमबार नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन हुनेछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका तय गरिएको छ ।