सत्तारुढ गठबन्धनले काठमाडौं महानगरकाे मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ ।
गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ । उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।
सिंह कुनैबेला शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्षमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी थीइन भने उनले गोरखामा बहुदल प्रचार महिला समितिको संयोजक नै रहेकी थिइन् । कुनैबेला विद्यार्थी राजनीतिमा सक्रिय रहेकी सिर्जना वैवाहिक जीवनमा प्रवेश गरेसँगै सक्रिय राजनीतिको अग्रभागमा देखा परिनन् । काठमाडौं कांग्रेसको राजनीतिमा पकड सिर्जनाका पतिसमेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहमा छ ।