मौसम अपडेट : देशका केही भू-भागमा क्षणिक वर्षा हुने


लेखक : लेखापढी      १० बैशाख २०७९, शनिबार ०७:४५ मा प्रकाशित     
मौसम अपडेट : देशका केही भू-भागमा क्षणिक वर्षा हुने

काठमाडौं। हाल देशमा भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापिय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको र अहिले बिहान गण्डकी प्रदेश र प्रदेश २ का पहाडी भू-भागमा आंशिक बदली साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शनिबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।