गायक तथा संगीतकार लक्षुप्रकास मल्लको ‘धोकेबाज मायाँलु’ गजल सार्वजनिक


गायक तथा संगीतकार लक्षुप्रकास मल्लको ‘धोकेबाज मायाँलु’ गजल सार्वजनिक

काठमाडौं। गायक तथा संगीतकार लक्षुप्रकास मल्लको ‘धोकेबाज मायाँलु’ गजल सार्वजनिक भएको छ । करिब साढे ४ मिनेटको गजलमा लक्षुप्रकास मल्लको एकल स्वर रहेको छ ।

गजलको लेखन, संगीत तथा एरेन्जिङ्ग समेत गायक मल्लकै रहेको उक्त गजल उनले आफ्नै अफिसियल युबट्युब च्यानलबाट आज सार्बजनिक गरेका हुन् ।

स्टार म्युजिक सेन्टरद्वारा प्रस्तुत उक्त गजलको रेकर्डिङ्ग बीग परिवेश स्टुडियोमा गरिएको हो भने यसको मिक्सिङ्ग र मास्टरिङ्गको काम मनोज डङ्गोलले गरेका छन् । यस्तै गजलको छायाङ्कन मरुभुमी नारायण तथा सम्पदान रोशन धितालले गरेका छन् ।

बहुमुखी प्रतिभाका धनी गायक मल्लले यस अघिनै गीत तथा गजलकार डाक्टर दिलिप कुमार मल्ल द्वारा लिखित ‘बियोगमा बाँचिरहे’ बोलको गीतमा ‘इ’ क्रोम्याटिक स्केलमा (१२ वटै स्वर)हरुको प्रयोग गरि संगीत भरेर ‘एभ्रेष्ट वल्ड रेकर्ड’ समेत जितिसकेका छन् ।

सुन्नुहोस् गीत

DHOKEBAAJ MAYALU || LAXU PRAKASH MALLA || धोकेबाज मायालु || New Nepali Sad Song 2022/2079