वीरगन्ज र भरतपुरका मेयरले दिए राजीनामा


लेखक : लेखापढी      ९ बैशाख २०७९, शुक्रबार १४:४५ मा प्रकाशित     
वीरगन्ज र भरतपुरका मेयरले दिए राजीनामा

काठमाडौं। ३० वैशाखमा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न वीरगन्ज र भरतपुरका मेयरले राजीनामा दिएका छन् । वीरगन्जका मेयर विजय सरावगीले बिहीबार दिएका थिए भने, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आज शुक्रबार राजीनामा दिएकी हुन् ।

मैले हिजै राजीनामा दिएको थिएँ, आज स्वीकृत भयो, वीरगन्जका मेयर सरावगीले भने । उनी यसपालि पुनः नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्दैछन् ।

यता भरतपुर महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै मेयर दाहालले राजीनामा घोषणा गरेकी हुन् । उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । अबको एक कार्यकाल फेरि मेयरका रूपमा भरतपुरमा सेवा गर्न खोजेको छु । अहिलेसम्म गरेका कामलाई पूर्णता दिनका लागि पनि फेरि दोहोरिन पर्ने भयो, उनले भनिन्।

पाँच दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो । जसअनुसार माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार बनेकी हुन् ।