मदन भण्डारी र जीवराज आश्रितको निर्माणाधिन शालिक तोडफोड


लेखक : लेखापढी      ९ बैशाख २०७९, शुक्रबार १४:०५ मा प्रकाशित     
मदन भण्डारी र जीवराज आश्रितको निर्माणाधिन शालिक तोडफोड

काठमाडौं। मकवानपुरको हेटौंडामा निर्माणाधिन नेता मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरिएको छ ।

हेटौडा उपमहानगरपालिका-९ अवस्थित दिव्यबाल उद्यानमा निर्माणाधिन नेताहरुको शालिक अज्ञात समुहले तोडफोड गरेको हो ।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा भेटिएको जनाइएको छ ।