आजबाट सुरु हुने एसईई परीक्षा बैशाख २० मा सकिने


लेखक : लेखापढी      ९ बैशाख २०७९, शुक्रबार ०६:५६ मा प्रकाशित     
आजबाट सुरु हुने एसईई परीक्षा बैशाख २० मा सकिने

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ शुक्रबारबाट सुरु हुँदैछ । यो वर्ष एसईईमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् ।

कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्र २ लाख ५७ हजार ५३ रहेका छन् । परीक्षा वैशाख  २० गते सकिने छ ।

नियमित तालिकाअनुसार चैतमा एसईई हुनुपर्ने थियो । कोरोना संक्रमणका कारण पठनपाठनमा असर पुगेपछि चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो ।

कोरोनाकै कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो ।